सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा फागुन १९ गतेदेखि काठमाडौंमा हुने

सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा फागुन १९ गतेदेखि काठमाडौंमा हुने

केन्द्रबिन्दु
0
Shares

सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेद कंग्रेस फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । 

बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयुर्वेद डाक्टर्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्यामबाबु यादवले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको होटल सोल्टीमा सभा सञ्चालन हुने बताए । उनले यस वर्षको मुख्य नारा सबैका लागि समग्र स्वास्थ्य उपचार होलेस्टिक हेल्थ फर अल भन्ने रहेको बताए । 

उनले यसअघि सन् २०१५ मा नेदरल्याण्ड, सन् २०१७ मा बेलायत, सन् २०१८ मा ब्राजिल, सन् २०१८ मा नै नेदरल्याण्डमा र सन् २०१८ मा नै सोल्भिया लेडिनामा महासभा सम्पन्न भएको पनि बताए । उनले यसअघिका महासभाबाट आयुर्वेदालाई जन आन्दोलनको रुपमा विकास गरी जीवन विज्ञानका रुपमा ग्रहण गर्न उत्प्रेरित गर्ने संकल्प भएको बताए । 

अध्यक्ष यादवले महासभाले जनसेवा गर्न सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले यसको विकास र बिस्तारमा सहयोग गर्न आवश्यक रहेको बताए । 

Logo