गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले प्रदेशसभाको चालु अधिवेशन १८ फागुन बिहीबार मध्यराति १२ बजेदेखि अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । 

अधिवेशन अन्त्य गरिएको विषयमा जानकारी दिन प्रवक्ता अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३  को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

Skip This
Skip This
Logo