केटीएम स्कूल अफ मेकअपः सौन्दर्य सम्बन्धी सैद्धान्तिक र व्यवहारिक शिक्षा

केटीएम स्कूल अफ मेकअपः सौन्दर्य सम्बन्धी सैद्धान्तिक र व्यवहारिक शिक्षा

केन्द्रबिन्दु
0
Shares

मेकअप भन्नेवित्तीकै हामी अनुहार सुन्दर बनाउने कलाकर्म भन्ने बुझ्छौँ । संसारभर अति आवश्यक र व्यावसायिक मान्यता पाएको यो विधा नेपालमा पनि बिस्तारै फैलँदो छ । राजधानी काठमाडौँमा विश्वस्तरकै सेवा दिनसक्ने गरी एउटा मेकअप शिक्षालय नै खुलेको छ । जसको नाम हो– केटीएम स्कुल अफ मेकअप । 

काठमाडौँको अनामनगर हनुमानस्थानमा रहेको यस स्टुडियोले विगत ४ वर्षदेखि सेवा दिइरहेको छ । यस स्टुडियोमा अहिलेसम्म धेरै विद्यार्थीले कोर्स गरिसकेका छन् । केटीएम स्कूल अफ मेकअपले पूर्ण रुपमा मेकअप आर्टिस्ट कोर्स अर्थात मेकअप बारे तालिम दिने गर्छ । 

मेकअप स्टुडियो एउटा यस्तो ब्राण्ड हो जसले ६ दिन देखि २ महिनासम्ममा सौन्दर्य सम्बन्धी सम्पूर्ण कुराहरु सिकाउँछ । प्रत्येक दिन बिहान ९ बजेदेखि साढे ५ बजेसम्म दैनिक २ घण्टादेखि ४ घण्टाको कक्षा व्यवस्था गरिएको छ । 

‘केटीएम स्कूल अफ मेकअप’ले सौन्दर्य सेवाका लागि चाहिने आवश्यक सम्पूर्ण ज्ञान सीप प्रदान गर्नुका साथै औपचारिक कोर्स पनि पढाउने गरेको संस्थाका म्यानेजिङ डिरेक्टर मीना महत बताउँछिन् । 

केटीएम मेकअप स्टुडियोमा ६ दिनदेखि २ महिनासम्मको तालिम हुन्छ । जहाँ विद्यार्थीहरुले दिनमा ४ घण्टासम्म सिक्न र तालिम लिन सक्छन् ।

कोर्समा दिइने सिकाई तथा तालिम 
केटीएम मेकअप स्टुडियोमा ६ दिनदेखि २ महिनासम्मको तालिम हुन्छ । जहाँ विद्यार्थीहरुले दिनमा ४ घण्टासम्म सिक्न र तालिम लिन सक्छन् । विद्यार्थीले कोर्स आफ्नो इच्छाअनुसारको लिन सक्नेछन् । लामो भनेको २ महिनासम्मको पूर्ण मेकअप कोर्स (सी.एम.ए) हो । यो दिनमा ४ घण्टाको हुन्छ  । यसमा विद्यार्थीहरुले थ्यौरी नलेज, प्राक्टिकल नलेज र प्रोडक्ट नलेज ३–४ दिनको हुन्छ । प्राक्टिकल २ महिनासम्म नै हुन्छ । कोर्स सकिएपछि लिखित तथा प्रयोगात्मक परीक्षा हुन्छ । र त्यसको सर्टिफिकेट पनि हुन्छ । परीक्षा मोडेलहरु मार्फत दिइन्छ । ६ फरक लुक्सहरुको परीक्षा हुनेगर्छ । 

विदेश जाने अवस्था भएमा के गर्ने ?
छिट्टै बाहिर जाने अथवा कतै जानु परेमा १५ दिनको विशेष कोर्स पनि लिन सक्ने व्यवस्था रहेको छ ।  

डे टु डे सिम्पल मेकअप गर्न चाहनेहरुले ६ दिनको कोर्स लिन सक्नेछन् ।

No description available.

मेकअप भित्र के–के सिक्छन् विद्यार्थीले ? 
केटीएम स्कुल अफ मेकअपमा विभिन्न ६ फरक लुक्सहरुको कोर्स लिन सक्नेछन् । ६ लुक्सहरुमा न्युड लुक्स, डे पार्टी लुक्स, इभिनिङ ग्लामर्स लुक्स, ब्राइडल लुक्स, रिसेप्सन लुक्स, फ्यानसी क्रियटर लुक्स पर्छन् । 

डे टु डे सिम्पल मेकअप गर्न चाहनेहरुले ६ दिनको कोर्स लिन सक्नेछन् । त्यो समयमा पनि राम्रै सिकाई हुने म्यानेजिङ डिरेक्टर महत बताउँछिन् । प्रिमियर ब्राण्ड भएका कारण यही क्षेत्रमा करियर बनाउन चाहनेका लागि पनि यो स्कूल राम्रो रहेको उनको भनाइ छ । 

‘केटीएम स्कूल अफ मेकअप’ले व्यावसायिक रुपमा आफ्नो सीपहरू प्रदर्शन गर्न र ग्राहकहरूलाई आकर्षित गर्न पोर्टफोलियो तयार गरी एक कुशल ब्युटिसियन तयार गर्छ ।   

आवश्यक सामग्री स्टुडियोमै उपलव्ध हुने  
‘केटीएम स्कूल अफ मेकअप’ मा क्लास लिन आउँदा सामानको चिन्ता लिनु पर्दैन । स्टुडियोमा सबै सामान हुन्छ । र विद्यार्थीहरु आएर क्लास मात्र लिने हो । मार्केटमा जस्तो छ त्यस्तो नै हुन्छ । धेरै महंगो पनि छैन । ‘साधारण ब्युटिसियनहरुले जुन लिइरहेका हुन्छन् त्यही रेञ्जमा हुन्छ ।’ 

यस ‘केटीएम स्कूल अफ मेकअप’ मा आएका विद्यार्थीहरु फेरि अर्को ठाउँ गएर क्लास लिनु पर्दैन । अहिलेसम्म आएका विद्यार्थीहरुले राम्रो प्रतिक्रिया दिएको र अहिले पनि सम्पर्कमा आइराखेकोमा खुसी व्यक्त गर्छन् सञ्चालकहरु । ‘केटीएम स्कूल अफ मेकअप’ले व्यावसायिक रुपमा आफ्नो सीपहरू प्रदर्शन गर्न र ग्राहकहरूलाई आकर्षित गर्न पोर्टफोलियो तयार गरी एक कुशल ब्युटिसियन तयार गर्छ ।      

Skip This
Skip This
Logo