पल शाहलाई सफाइ दिएको विरोधमा उच्च अदालत बाहिर प्रदर्शन

पल शाहलाई सफाइ दिएको विरोधमा उच्च अदालत बाहिर प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

बलात्कारको आरोपमा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाहलाई सफाई दिएको फैसलाविरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।

उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको र न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’लगायतको पम्पलेट बोकेका थिए ।

नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो भने उच्च अदाल पोखराले सफाइ दिएको थियो । उच्च अदालत पोखराका कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो । आइतबार उच्च अदालतबाट बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भएका थिए ।

Skip This
Skip This
Logo