नारायणगढ–मुग्लिन सडक नियमित सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक नियमित सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

नयाँ पुल निर्माण तथा सडक मर्मत गर्नु परेकाले  गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार देखि नियमित सञ्चालन  हुने भएको छ ।  

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतबार देखी नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो । उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिएका छन् । 

‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन् निर्बाधा रुपमा चल्न सक्नेछन्’ उनले  भने । गत पुस ५ गतेदेखि  बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो ।

Skip This
Skip This
Logo