एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

केन्द्रबिन्दु
0
Shares

एशियन पेन्ट्सले काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली भव्यताका साथ मनाएको छ । नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नम्बर २४ र सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।

गत सोमबार दिउँसोको १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो जसमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो । 

सांगीतिक प्रस्तुति बाहेक सहभागीहरुले फोटोबुथ र एशियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मज्जा लिई होली उत्सवको आनन्द उठाए ।

कार्यक्रमको बारेमा बोल्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपाल कृष्णले भने, ‘काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डसँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौं। यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवर्द्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौं जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो। हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर हामी निक्कै खुसी छौं, र हामी हाम्रो योविविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं ।’

नेपाली संस्कृति र परम्परा अनि सहभागीहरुको प्रशंसा संगै कार्यक्रम निकै सफल भएको थियो ।

Logo