आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागका मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौंको न्यूनतम तापक्रम ८.८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

Logo