मौसम पूर्वानुमानः पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमानः पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको प्रभावले यतिवेला देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली  रहनेछ। 

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

Logo