हाल देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ। आज वाग्मती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भू-भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले हावाहुरीबाट क्षति हुन नदिन आउँदो २४ घण्टाका लागि जारी चेतावनी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





























प्रतिक्रिया