आज २०७९ चैत ७ गते मंगलवार, हेर्नुहोस् तपाइको राशिफल

आज २०७९ चैत ७ गते मंगलवार, हेर्नुहोस् तपाइको राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०७९ चैत ७ गते मंगलवार। २१  मार्च २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज सानातिना समस्यामा अल्झनुपर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला। पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

आज रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
सौन्दर्यतामा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। 

Skip This
Skip This
Logo