आज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

आज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

केन्द्रबिन्दु
3
Shares

 हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको  प्रभाव रहेको छ।  

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग,हावाहुरी,असिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo