मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् ।
न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौं पुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन् । आफ्नो समस्या सरकारलाई सुनाउनको लागि ७२ जना पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर हिजो ११औँ दिनमा काठमाडाैँ आइपुगेका छन् ।
यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो । सरकारसँग असोज १ मा भएको सम्झौतापछि उनीहरूको आन्दोलन स्थगित भएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन्।
प्रतिक्रिया