ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो । 

सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरागरि पोष्टमार्टमको लागि सदरमुकाम लगिने जनाइएकाे छ । 

Skip This
Skip This
Logo