कैलालीको धनगढी उप-महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुल्क बढाउन नपाउने भएका छन् ।
धनगढी उप-महानगरपालिकाले नयाँ शैक्षिक सत्रमा निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने भएकाे छ । अभिभावकको आर्थिक अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको उप-महानगरले जनाएको छ ।
सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ । धनगढी उप-महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढी उप-महानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन पाउने छैनन् ।































प्रतिक्रिया