आगलागी हुँदा बालिकाको मृत्यु

आगलागी हुँदा बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रौतहटको ईशनाथ नगरपालिका-६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । 

ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।  प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
 

Logo