काठमाडौँका केही स्थानमा आज पनि सवारी आवागमन प्रभावित हुने भएको छ । सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौँ महानगरले जनाएको छ ।
आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवागमन प्रभावित हुनसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ । चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।





























प्रतिक्रिया