आज पनि वर्षा र हिमपातको सम्भावना

आज पनि वर्षा र हिमपातको सम्भावना


हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको  छ। जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम, कोशीप्रदेशका केही स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Logo