दाहालले प्राप्त गरेको पुरस्कार रकम साहित्य समाजलाई नै सहयोग

दाहालले प्राप्त गरेको पुरस्कार रकम साहित्य समाजलाई नै सहयोग

केन्द्रबिन्दु
0
Shares

सिक्किमकी साहित्यकार अप्सरा दाहालले आफूले प्राप्त गरेको पुरस्कार राशिमा पाँच हजार थप गरेर साहित्य समाजलाई नै सहयोग गरेकी छन्।

उनले साहित्य समाजले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा ठुलो टेवा पुर्‍याउँदै आएको भन्दै समाजको कामबाट प्रभावित भएर आफूले प्राप्त गरेको सम्मान राशिमा पाँच हजार थप गरेर सहयोग गरेको बताएकी छन्।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजले चैत १० देखि १३ गतेसम्म आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवका अवसरमा दाहाललाई २५ हजार राशिको पुरस्कार प्रदान गरेको थियो। 

Logo