सौराहामा अज्ञात समूहले हात्तीको सुँड काटेपछि……….

सौराहामा अज्ञात समूहले हात्तीको सुँड काटेपछि……….

केन्द्रबिन्दु
0
Shares

चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सुँड अज्ञात समूहले काटिदिएको छ ।

गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको सौराहाका पर्यटन व्यावसायी दिपेन्द्र खतिवडाले बताए।

हात्ती पीडाले कराएपछि हेर्न जाँदा सुँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सुँड काटिएको हुनसक्ने बताए ।हात्तीको सुँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo