मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुने

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुने

केन्द्रबिन्दु
0
Shares

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ ।  

काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि आज  बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । 

वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै आज पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए । उनले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताए ।  

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् । 

Skip This
Skip This
Logo