आज पहाडी भू-भागमा आंशिक बदली रहने

आज पहाडी भू-भागमा आंशिक बदली रहने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo