काठमाडौँसहित देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा

काठमाडौँसहित देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा

केन्द्रबिन्दु
0
Shares

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए । 

रातिको समयमा पनि  देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Skip This
Skip This
Logo