आत्महत्या र बलात्कारका घटना बढ्दो, न्युनिकरणका उपाय के छन् ?

आत्महत्या र बलात्कारका घटना बढ्दो, न्युनिकरणका उपाय के छन् ?

केन्द्रबिन्दु
0
Shares

सुर्खेत।
अव्यवस्थित शहरीकरण, तीव्र बसाइँसराइ, आधुनिक शैली, संस्कार र नकारात्मक प्रवृत्तिका कारण समाजमा थुप्रै आपराधिक घटनाहरु बढ्दो छन् ।

प्राकृतिक विपदभन्दा विशेषगरी सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको तादम्यता नमिल्दा र पारिवारिक बेमेलले यस्ता घटनाहरु नियन्त्रण हुन सकेका छैनन् । कुनै पनि समाजमा हुने विभिन्न खाले हिंसा तथा अपराधबारे सरकारी निकाय तथा गैरसरकारी सङ्घसंस्थाहरुले सामाजिक सचेतना, प्रशिक्षण, अभिमुखीकरण, गोष्ठी, बैठक, सम्मेलन पनि गरेकै छन् । यद्यपि त्यस्ता कार्यक्रमबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको गत आव ०७६/७७ को तथ्याङ्क अनुसार सार्वजनिक सुरक्षा विरुद्धको कसुर, फुट्कर ज्यान, झुण्डी तथा विष सेवन गरी आत्महत्या, लागु औषक सेवन तथा कारोवार, जबर्जस्ती करणी एवं उद्योग, दुरुत्साहन, हातहतियार खरखजाना लगायत कूल ६२२ मुद्दामध्ये १२८ आत्महत्याका घटनाहरु छन् । आत्महत्या गर्नेमा ६९ पुरुष, ३६ महिला, १३ बालिका र १० बालक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए। उनका अनुसार गत वर्ष भएको आत्महत्यालाई हिसाब गर्दा कूल योगको यो २१ प्रतिशत हो ।

त्यसैगरी, गत आवमै ६१ जबर्जस्ती करणी र २२ जबर्जस्ती करणी उद्योगका घटना दर्ता भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । पछिल्लो समयमा आत्महत्या, बलात्कार, भवितव्य ज्यानका घटनाहरु समाजमा बढ्दै गएको उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले चैत ११ गतेदेखि असार मसान्तसम्म भएको बन्दाबन्दीमा ५१ जनाले आत्महत्या गरेको जानकारी दिए । उनका अनुसार यो अवधिमा दर्ता भएका कूल १४० मुद्दामा ११३ आत्महत्याका घटना रहेका छन् ।

पारिवारिक झैझगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामािजक तथा मानसिक अवस्थाले आत्महत्या बढी भएको उहाँले बताउनुभयो । उनका अनुसार आव ०७३/७४ मा ७४, ०७४/७५ मा ९१, ०७५/७६ मा ९३ तथा ०७६/७७ मा ११३ जनाले आत्महत्या गरेको छन् । यसले गर्दा समाजमा नकारात्मक सन्देश गएको प्रहरी उपरीक्षक भट्टको भनाइ थियो ।रासस

Logo