बर्दियामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
राजापुर नगरपालिका–१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।




















