२० वर्षीया युवती आफ्नै घरमा मृत फेला, श्रीमान् र ससुरा पक्राउ

२० वर्षीया युवती आफ्नै घरमा मृत फेला, श्रीमान् र ससुरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँकेको कोहलपुरमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । 

कोहलपुर -२ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु गएराति करिव १२ बजेतिर मृत फेला परेकी हुन् । युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै मृतकका श्रीमान्, ससुरा  र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीकाे भनाई छ ।

Logo