धादिङमा भासिएको पुल अझै बनेन, १२ बजेसम्म एकतर्फी भए पनि सडक खोल्ने तयारी

धादिङमा भासिएको पुल अझै बनेन, १२ बजेसम्म एकतर्फी भए पनि सडक खोल्ने तयारी

केन्द्रबिन्दु
0
Shares

धादिङको गणेशखोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजोदेखी भासिएको पुल मर्मत हुन नसके पछि १८ घन्टा देखी सो पुल अबरूद्ध हुन पुगेको छ ।

परान्ह १२ बजे भन्दा अगाडी कम्तिमा एकतर्फी भए पनि वाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तिमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने । 

१८ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा हजारौँ सवारी साधान हिजोदेखी अलपत्र अवस्थामा रहन पुगेका छन । यद्धपी, गल्छी–-नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा बैकल्पिक बाटोवाट सवारी साधानलाई काठमाडौँ भित्र्याउने र काठमाडौँ बाहिरबाट अन्यत्र पठाउने कार्य भने जारी छ ।

Skip This
Skip This
Logo