राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ ।
तीन तला घरको छतबाट खसेर गम्भिर घाइते भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।
वैशाख ४ गते बिहान सभापति लामिछानेको चितवनस्थित घरको छतबाट अचानक खसेका ३९ वर्षीय थापाको सुरुमा मेडिकल कलेज भरतपुरमा उपचार भएको थियो । त्यसपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।
थापा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका -३ निवासी हुन् । उनका श्रीमती र दुई सन्तान छन् ।































प्रतिक्रिया