प्याडमा लुकाएर लागुऔषध ल्याएको अवस्थामा दिदीबहिनी पक्राउ

प्याडमा लुकाएर लागुऔषध ल्याएको अवस्थामा दिदीबहिनी पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी लागुऔषधसहित पक्राउ परेका छन् । 

बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई स्यानेटरी प्याडभित्र लुकाएर ल्याइएकाे ७६ ग्राम ३४० मिलिग्राम  ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । 

विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो । 

Logo