उदयपुरमा स्थानिय तहवाटै श्रम स्विकृति दिन सुरु

उदयपुरमा स्थानिय तहवाटै श्रम स्विकृति दिन सुरु

केन्द्रबिन्दु
0
Shares

 वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानिय पालिकाहरुले श्रम स्विकृति दिन सुरु गरेका छन्। यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारवाट बैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो।

संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतवारवाट श्रम स्विकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार यसरी श्रम स्विकृति दिईदा आफनो नगरपालिका भित्रको सम्पुर्ण विवरण प्राप्त हुने र बैदेशिक रोजगारीवाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपुर्ण अभिलेख पनि हुनेछ । 

श्रम स्विकृतिका लागि वडा नम्बर ६ नम्बर चिरन्जिवी पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो । संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याउने निर्णय लिएको थियो ।

Logo