मुगु हिमपहिरो : हेलिकप्टरमार्फत् सुरक्षाकर्मीसहितकाे उद्धार टाेली च्यार्खु प्रस्थान

मुगु हिमपहिरो : हेलिकप्टरमार्फत् सुरक्षाकर्मीसहितकाे उद्धार टाेली च्यार्खु प्रस्थान

केन्द्रबिन्दु
0
Shares

मुगु हिमपहिरोमा सम्पर्कविहीन भएकाको खोजीका लागि हेलिकप्टरमार्फत सुरक्षाकर्मी च्यार्खु प्रस्थान गरेका छन्।

२२ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भएकाको खोजीकार्यका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थल च्यार्खुतर्फ प्रस्थान गरेका हुन्। तीनदिन पछि उद्वारको लागि टोली त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाली सेनाको हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएका आफन्त र कर्मचारीसहित २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

घटनाकै दिन इलाका प्रहरी चौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी गए पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ।समुद्री सतहदेखि करिब ५ हजार मिटर अग्लोमा रहेको च्यार्खु लेक पुग्न हिउँ अत्याधिक भएको र भौगोलिक विकटताले गर्दा सो क्षेत्रमा पुग्न कठिनाइ भएको जिल्ला प्रहरि कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरीक्षक सुदर्शन पन्थिले बताए। 

पैदल यात्राबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टरसहित उद्धारकर्मी पठाएको हो। यार्सा संकलनको लागि च्यार्खु लेकमा यही २२ वैशाख दिउँसो १ बजे  हिमपहिरो आउँदा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा बेपत्ता भएका थिए । त्यसमध्ये पुन्नसिंह सार्कीको भने शव फेला परिसकेको छ। 

Skip This
Skip This
Logo