सिरहाको गाेलबजारमा भिषण आगलागी, १५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट

सिरहाको गाेलबजारमा भिषण आगलागी, १५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

सिरहाको गोलबजार नगरपालिका–४ स्थित होटलमा आगलागी हुँदा १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीका अनुसार ग्याँस लिक हुँदा आगलागी भएको थियो। 

जोगी साहले सञ्चालन गरेको होटलमा मंगलवार बिहान तीन बजे आगलागी भएको थियो। आगो फैलिँदा होटलमा रहेका ग्याँस सिलिन्डर पड्किएका थिए। आगलागीबाट होटल रहेको घर र घरभित्र सबै सामग्री जलेर नष्ट भएका छन्।

घर नजिकै रहका अन्य तीन टहरा पनि जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द लिम्बुले जानकारी दिएका छन्। 

विहान ३ बजे लागेको आगोलाई इलाका प्रहरी, शस्त्र प्रहरी र सर्वसाधारण मिलेर ५ बजे नियन्त्रणमा लिएको पनि उनले बताए। उनले भने, ‘ग्याँस लिक भयो। त्यसैमा आगोको झिल्कोले टिप्यो। आगो फैलियो। सँगै ग्याँसका सिलिण्डर राखिएका थिए।  त्यसमा पनि आगो सल्कियो। सिलिण्डर  विस्फोट भए। माविय क्षति भने भएको छैन। १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको अनुमान छ। घटनाको अनुसन्धान हुँदैछ। होटलसँगै अन्य घर पनि थिए। आगो त्यहाँ पनि फैलियो। विहान तीन बजे लागेको आगो नियन्त्रण गर्न प्रहरी, शस्त्र प्रहरी र सर्वसाधारण खटिएका थिए। बिहान ५ बजे आगो नियन्त्रणमा आयो।’आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको अनुमान छ भने मानवीय क्षति भने भएको छैन। 

Skip This
Skip This
Logo