निरन्तर आन्दोलनमा रहेका चिकित्सकहरुले दिए आमरण अनसनको चेतावनी

निरन्तर आन्दोलनमा रहेका चिकित्सकहरुले दिए आमरण अनसनको चेतावनी

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अगाडि सारेकोे भन्दै चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरूले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् । 

काठमाडौंको माईतीघर मण्डलामा सर्वाेच्च अदालतको आदेश अवज्ञा, एम्डी, एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना गरेको भन्दै उनीहरु विगत २९ दिनदेखि शान्तिपूर्ण धर्नामा रहेका छन् । 

यस्तै, धर्नामा सहभागी चिकित्सकहरुले योग्यताक्रम नमिचिने गरि भर्नाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेकाहरुले यसबाट केही प्रतिक्रिया नआए आमरण अनसनमा तयारी रहेको बताए ।  

चिकित्सकहरुले भने, 'योग्यता मिचेर विद्यार्थीहरु भर्ना लिएको देखेपछि सर्वोच्च अदालतमा गएका थियौ, योग्यताक्रम नमिचिने गरि भर्ना दिने आदेश आइसक्ला पनि त्यसको पालना नभएपछि हामी २९ दिनदेखि शान्तिपूर्ण धर्नामा छौँ । हामी न्यायको लागि बसेका हौँ, हाम्रो माग पूरा नभएसम्म हामी पछि हट्दैनौँ, यसरी भएन भने हामी आमरण अनसन बस्ने तयारीमा छौँ ।'

चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले ल्याएको व्यवस्थाले नेपालमा नै केही गरौं, देशको सेवा गरौं भनेर बसेकाहरुलाई निरुत्साहित पार्ने काम गरेको भन्दै समस्या समाधानको माग गर्दै आन्दोलित भएको बताए । उनीहरुले प्रधानमन्त्री सचिवालय, विभिन्न सरोकारवाला निकाय र शिक्षा आयोगमा अपील गर्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलनमा रहने बताए ।  

Skip This
Skip This
Logo