मोरङमा अशक्त किशोरी बलात्कृत

मोरङमा अशक्त किशोरी बलात्कृत

केन्द्रबिन्दु
0
Shares

मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कृत भएकी छन् । बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । 

बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे । बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सह-चालक हुन् । घटना गत आइतबार राति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । 

सह-चालक बस्नेतले पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

Skip This
Skip This
Logo