काठमाडौं । सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, वाग्मती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १६ पीसीआर परीक्षण गरिएको छ । योसँगै देशभर अहिलेसम्म ३ लाख १९ हजार ८ सय ७२ पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै सोमबार डिस्चार्ज हुनेको संख्या १ सय ७३ रहेको छ ।
आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, वाग्मती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना डिस्चार्ज भएका छन् । मन्त्रालयले दिएको तथ्याङक अनुसार हालसम्म कूल डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ ।
त्यस्तै देशभर आइसोलेसनमा ५ हजार ९ सय ३६ जना रहेका छन् । प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३३, वाग्मती प्रदेशमा ३ सय ९९ र गण्डकी प्रदेशमा ३ सय ८४, प्रदेश नम्बर ५ मा ४ सय १०, कर्णाली प्रदेशमा २ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना रहेका छन् । देशभर क्वारेन्टाइनमा हुनेको संख्या २२ हजार २ सय २८ रहेको छ ।































प्रतिक्रिया