११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

२२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

1
1
1
1

काठमाडौं ।

सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो । बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोह स्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउने पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपदबाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए । “विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनालाई पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ”, उनले भने ।

गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविश्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउने लक्ष्य र उदेश्यमा स्पष्ट हुनु जरुरी रहेको बताए । नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले आगामी दिनमा आउने विपदबाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १३ पुष २०७६ १५:२० आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी