काठमाडौंको कागेश्वरी मनोहरामा पहिरोले एक जनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरामा पहिरोले एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामै पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गुरुङको आइतबार राति पहिरोमा पुरिएर ज्यान गएको हो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । देशभरि वर्षा भइरहेकाले बाढी पहिरोको उच्च जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्तकताका लागि अनुरोध गरेको छ ।

Logo