सुनकोशी नदीमा खसेको सिटिइभिटीका दुई कर्मचारीको शवसहित गाडी भेटियो, एक जना अझै बेपत्ता

सुनकोशी नदीमा खसेको सिटिइभिटीका दुई कर्मचारीको शवसहित गाडी भेटियो, एक जना अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। मं‌गलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार दुई जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी रहेको उनले बताए। सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले दुई जनाको शव र गाडी निकालेको हो।

गत शुक्रबार बिहान साढे ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो। उक्त गाडीमा चालकसहित चार जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते थिए।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए। 

उनीहरूमध्ये एक जना अझै बेपत्ता छन‍्।

Skip This
Skip This
Logo