बसको ठक्करबाट तारकेश्वरमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट तारकेश्वरमा पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री एक किशोरको मृत्यु भएको छ ।मृत्यु हुनेमा खोटाङकाे बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् ।

बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई ठक्कर दिएको थियो । घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेकाे छ ।

Skip This
Skip This
Logo