शरद गौचनको हत्यामा समीरमान बस्नेतलाई जन्मकैद, श्रीमतीलाई १० वर्ष कैद

शरद गौचनको हत्यामा समीरमान बस्नेतलाई जन्मकैद, श्रीमतीलाई १० वर्ष कैद

केन्द्रबिन्दु
0
Shares

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्न्यातलाई जन्मकैदको फैसला सुनाएको हो। सोही घटनामा संलग्न आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ । 

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २ः५० बजे गोली प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा संलग्न भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

उक्त घटनामा प्रमुख योजनाकार समिरमान सिंह बस्न्यात रहेको दाबी गरिएको थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो । 

Skip This
Skip This
Logo