प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा घट्यो: शेखर कोइराला

प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा घट्यो: शेखर कोइराला


नेपाली काँग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायी प्रीतम सिंह बारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग नेता कोइरालाले प्रधानमन्त्रीले व्यवसायी सिंहबारे दिएको अभिव्यक्ति अत्यन्त गलत भएको बताएका हुन्।उनले भने,‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्‍याएको छ।’

त्यसैगरी,उनले कोसी प्रदेशमा सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत भएको उल्लेख गरे। कोइरालाले भने,‘कोसी प्रदेशमा सभामुखले तटस्थ रहेर जिम्मेवारी वहन गर्न सक्नु भएन। लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा सदस्यका रूपमा उपस्थिति जनाउनुले भोलीका दिनमा अप्ठ्यारो परिस्थिति सृजना हुने देखिएको छ।’

Logo