तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन १६ गते मंगलबार। १ अगस्ट २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
विद्या र बुद्धिको विकास हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। कतै घुम्न जाने योजना पनि बन्न सक्छ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आँटेको काममा सफलता नमिल्न सक्छ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन्।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला।आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ। सामान हराउन पनि सक्छ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।
 

Logo