प्रथम किसान सहिद भीमदत्तको आज ७० औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

प्रथम किसान सहिद भीमदत्तको आज ७० औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

केन्द्रबिन्दु
0
Shares

जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्तको आज ७० औँ स्मृति दिवस। विभिन्न कार्यक्रम गरि उनलाई स्मरण गरिँदैछ। 

‘कि त जोत हलो,कि त छोड थलो,यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रुपमा समेत स्मरण गर्ने गरिन्छ। 

१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका पुराना किसान नेता भीमदत्तलाई राज्यले २०७२ फागुन १९ गते मात्रै शहीद घोषणा गरेको हो।
उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका, गीता र मार्कस्बादको राम्रो ज्ञान राख्ने पन्तलाई सामन्ति संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छ। 

उनले अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए।परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे। नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए।

दक्षिण भारतका एक जना विद्वान कृष्णस्वामी एंगर योजनाकार थिए। गर्बु थारु र लवरा थारु मन्त्री थिए। सो समयमा उनले भान्सामा दलितहरुलाई सहभागी गराउन थालेर छुवाछुतविरुद्ध समेत अभियान चलाएका थिए। 

Logo