बेवारिसे फेला परेकी भारतीय महिला र शिुशुलाई प्रहरीले आफन्तको जिम्मा लगायो

बेवारिसे फेला परेकी भारतीय महिला र शिुशुलाई प्रहरीले आफन्तको जिम्मा लगायो

केन्द्रबिन्दु
0
Shares

पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला छोटीकुमारी र शिुशुलाई आफन्तको जिम्मा लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कलैयाले भारतीय महिला छोटीकुमारी र उनको सवा २ महिनाको छोरालाई माइतीतर्फबाट आएकी दिदी रितु देवीसहित आफन्तको जिम्मा लगाएर पठाएको हो । 

महिला र शिशुलाई भारतको मोतिहारी पिपरागाउँ स्थित माइतिघरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका प्रहरी सहायक निरीक्षक सन्जय यादबले जानकारी दिए । उनका अनुसार श्रीमती र शिशुलाई बेवारिसे अवस्थामा निजगढको जंगलमा ल्याएर छोड्ने पती गुड्डु सिंहमाथि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको तर्फबाट मोतिहारीको हारना थानाको प्रहरी कार्यालयमा पत्राचार गरेको पनि जनकारी दिए । 

प्रहरीका अनुसार गुड्डुले छोटीकुमारीलाई डेढ वर्षअघि भगाएर दोस्रो बिबाह गरेका थिए । त्यसपछि दुबै जना भारतको जयपुरमा बस्दै आएकोमा बच्चा जन्मिएपछि गुड्डुले मोतिहारी घरमा लैजान्छु भनेर आमा र शिशु दुबैलाई नेपालमा ल्याएर बेहोस पारेर जंगलमा छोडेको पाइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए । 

गत मंगलवार निजगढ पूर्वको धन्सार पुल नजिक सडक किनारामा बेवारिसे अवस्थामा शिशु फेला पारेको निजगढ प्रहरीले भोलिपल्ट आमालाई पनि बेवारिसे अवस्थामा नै फेला पारेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको र उनीहरुलाई प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको थियो । 

Skip This
Skip This
Logo