तनहुँमा ६७ जनाले जिते कोरोना

तनहुँमा ६७ जनाले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो ।

उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दाका १८ जना, म्याग्दे गाउँपालिकाका ६, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना रहेका छन् । आइसोलेशनमा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा रिपोर्टमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताए ।

भारतबाट आएका उनीहरु दुई हप्तादेखि क्याम्पसको आइसोलेशन रहेर उपचार गराउँदै आएका थिए । भारतबाट फर्किएर पालिकाले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा स्थान्तरण गरी उपचार थालिएको थियो । क्याम्पसको आइसोलेशनमा रहेका अन्य छ जनाको उपचार भइरहेको छ ।

जिल्लामा असारको हालसम्म १४० जना कोरोना सङ्क्रमित पुगेका छन् भने उपचार पश्चात् निको भएर घर फर्किनेको सङ्ख्या पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo