सम्झौताको म्याद सकियो काम अझै सुरु भएन

सम्झौताको म्याद सकियो काम अझै सुरु भएन

केन्द्रबिन्दु
0
Shares

तामाकोसी पुल निर्माण गर्न  ठेक्का सम्झौता अवधि सकिए पनि काम अझै सुरुआत भएको छैन। तीन वर्ष अवधिको सो पुलको सम्झौता यही असार मसान्तमा सकिएको हो।   

राष्ट्रिय गौरवको मध्य पहाडी लोक मार्गमा पर्ने तामाकोसी पुल गत असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता थियो। हालसम्म उक्त पुलको जगकै काम नभई म्याद सकिएको हो। पुल निर्माणका लागि तीन वर्षमा तीन  मेसिनसम्म निर्माणस्थलमा झारिएको देखिएको छ। यसबाहेक अन्य प्रगति छैन। 

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन्। फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भएको छ। निर्माणस्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन्। पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो। उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन,औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन।

रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोसी पुलको निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो। उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन। 

मध्य पहाडी सडक आयोजनाका अनुसार पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटकपटक निर्माण  थाल्नका लागि पत्राचार गरिएको छ। निर्माण व्यवसायीले भने अब गर्छु भनेर आलटाल गर्दै आइरहेका छन्। पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनुपर्नेमा आयोजनाले जोड दिएको छ। 

Skip This
Skip This
Logo