काठमाडौँ उपत्यकामा भएको भारी वर्षाले सामाखुसी क्षेत्र डुबानमा परेको छ। निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन्।
एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ। डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन्।
काठमाडौँ उपत्यकाका रातभर भारी वर्षा भएको छ। वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ। बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





























प्रतिक्रिया