बनेपाको धनेश्वर क्षेत्र डुबानमा

बनेपाको धनेश्वर क्षेत्र डुबानमा

केन्द्रबिन्दु
0
Shares

निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ । काभ्रेको व्यस्त सडक रूपमा रहेको बनेपा पनौती सडक खण्ड अन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो ।

गएरातीबाट परेको अविरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथि बाट सडकमा आएको छ। उक्त क्षेत्र पुरै डुबानमा परेको छ । स्थानीय जनप्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

Logo