काठमाडौँ उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी र खोलाहरूमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भइरहेको छ। वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ।

बाढीको सतह सतर्कताको तहसम्म पुगेकाले नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Skip This
Skip This
Logo