मकवानपुरमा पहिरोः एकको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरमा पहिरोः एकको मृत्यु, ६ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको बाग्मती गाउँपालिका-५, सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती-५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो। पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ।

अक्कल बहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए।

Skip This
Skip This
Logo