सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। कैलालीको गोदावरी नगरपालिका–४ स्थित खानीडाँडा नजिकैको भावर क्षेत्रमा ठूलो पहिरोसहित सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहाडबाट तराई कैलाली र कञ्चनपुर झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र कुमार पालले बताए।
करिब ३ सय मिटरको दुरीसम्म सडक भाँसिएको छ। सडक भासिएपछि कैलाली र कञ्चनपुरबाट सुदूर पहाडका ७ वटै जिल्लाको यातायात सेवा ठप्प रहेको छ।





























प्रतिक्रिया